• Breaking News

    "ALL Inter School(+2) Presentation Competition 2017" हुने मिति : श्रावण ३२ हुने स्थान : कृष्ण पार्टी पलाचे हुने समय : दिउसो को २ बजे बाट registration सुल्क : १०००/- Theme: "My Nepal My Pride"

    Wednesday, January 25, 2017

    Mini-Marathon


    हामी जुनियर जेसीज,विराटनगर र न्युरो कार्डीयो मल्टी. अस्पताल प्रा. लि.को संयुत्त आयोजनामा हुने यो कार्यक्रम

    marathon

    विराटनगर, १३ असोज । सुनसरी धरानका खेम लिम्वुले ‘न्युरो कार्डीयो–जेसीज खुल्ला मिनी म्याराथन’को उपाधि जितेका छन् । उनले ३ सय प्रतियोगिलाई पछिपार्दै निर्धारित ४ किलोमिटरको दुरी १० मिनेटमा पार गरेका थिए । उनले १० हजार रुपैयाँ र ट्रफी हात पारे । अन्र्तराष्ट्रिय मुटु दिवसका अवसरमा विराटनगर जुनियर जेसीज र न्यूरो अस्पताल विराटनगरको संयुक्त आयोजनामा भएको मिनी म्याराथनमा मोरगको मधुमल्लाका याङदेव राई दोश्रो भए । उनले ७ हजार ५ सय पुरस्कार हातपारे । झापाका आसाङ लावती तेश्रो भए । उनले ५ हजार रुपैयाँमा चित्त वुझाए । स्वास्थ्य मुटुका लागि गरिएको म्याराथनमा १६ देखि ५० वर्ष उमेर समूहका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको जुनियर जेसिजका जनसम्पर्क अधिकारी प्रवेश दुलालले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरुलाई प्रमुख जिल्ला अधिकारी तोयम राय, विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकत गोपाल रेग्मी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चन्द्रदेव मेहता, न्युरो अस्पतालका प्रवन्ध निर्देशक वीरेन्द्रकुमार विष्ट, जुनियर जेसीजका अध्यक्ष अविनास थापाले पुरस्कार वितरण गर्नु भएको थियो ।
    marathon
    marathon
    neuro

    marathon






    No comments:

    Post a Comment